चन्द्रकोट गाउँपालिकाको समृद्धि र विकासको आधार गुणस्तरीय शिक्षा हो। हरेक बालबालिकाले सुरक्षित, सहज, प्रविधिमैत्री र गुणस्तरीय विद्यालयमा अध्ययन गर्ने अधिकार सुनिश्चित गर्दै “उज्यालो विद्यालय, सशक्त विद्यार्थी” अभियान सञ्चालन गरिनेछ। विद्यालयलाई केवल पढ्ने ठाउँ नभई ज्ञान, सीप, सिर्जनशीलता, अनुशासन र आत्मविश्वास विकास गर्ने केन्द्रका रूपमा विकास गरिनेछ।
चन्द्रकोट गाउँपालिकाले शिक्षा क्षेत्रमा निम्न कार्यहरू गर्नेछ :
१. सबै सामुदायिक विद्यालयको भौतिक सुधार
- वडा नं. १ देखि ८ सम्मका सामुदायिक विद्यालयका जीर्ण तथा कमजोर कक्षाकोठा क्रमशः मर्मत तथा पुनर्निर्माण गरिनेछ।
- प्रत्येक विद्यालयमा उज्याला, सुरक्षित र बालमैत्री कक्षाकोठा निर्माण गरिनेछ।
- आवश्यकताअनुसार गुणस्तरीय डेस्क–बेन्च तथा अन्य फर्निचरको व्यवस्था गरिनेछ।
- विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्था गरिनेछ।
- छात्र र छात्राका लागि छुट्टाछुट्टै सफा, सुरक्षित र व्यवस्थित शौचालय निर्माण तथा व्यवस्थापन गरिनेछ।
२. प्रारम्भिक बालविकास केन्द्रलाई आधुनिक बनाइनेछ
- बालबालिकाको उमेर र सिकाइ क्षमताअनुसार आधुनिक खेल तथा सिकाइ सामग्री उपलब्ध गराइनेछ।
- चित्रकथा, बालमैत्री पुस्तक तथा सिर्जनात्मक सिकाइ सामग्रीको व्यवस्था गरिनेछ।
- प्रारम्भिक बालविकास केन्द्रलाई रमाइलो, सुरक्षित र बालमैत्री वातावरणमा विकास गरिनेछ।
३. विद्यालयमा डिजिटल तथा विज्ञान शिक्षा
- माध्यमिक विद्यालयहरूमा क्रमशः कम्प्युटर ल्याब, इन्टरनेट तथा डिजिटल सिकाइ प्रणाली स्थापना गरिनेछ।
- शान्तिपुर, हर्राचौर, साराङ लगायतका क्षेत्र तथा आसपासका विद्यालयमा विज्ञान प्रयोगशाला र आवश्यक विज्ञान शिक्षण सामग्रीको व्यवस्था गरिनेछ।
- विद्यार्थीलाई सूचना प्रविधि, कम्प्युटर तथा डिजिटल सीपमा दक्ष बनाइनेछ।
- प्रविधिको पहुँचबाट कुनै पनि विद्यार्थी वञ्चित नहुने वातावरण निर्माण गरिनेछ।
४. शिक्षकको क्षमता विकास
- शिक्षकहरूका लागि नियमित तथा निरन्तर क्षमता विकास र तालिम सञ्चालन गरिनेछ।
- रटानमा आधारित शिक्षाभन्दा व्यवहारिक, प्रयोगात्मक, गतिविधिमूलक र विद्यार्थीमैत्री शिक्षण विधिलाई प्रोत्साहन गरिनेछ।
- शिक्षकलाई आधुनिक प्रविधि तथा डिजिटल शिक्षण पद्धतिको प्रयोगमा सक्षम बनाइनेछ।
- विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षकको भूमिका र जवाफदेहिता थप सुदृढ गरिनेछ।
५. खेलकुद, कला तथा सिर्जनात्मक प्रतिभाको विकास
- विद्यालयहरूमा नियमित खेलकुद प्रतियोगिता सञ्चालन गर्न आवश्यक सहयोग गरिनेछ।
- सांस्कृतिक कार्यक्रम, वक्तृत्वकला, हाजिरीजवाफ तथा क्विज प्रतियोगिता आयोजना गर्न प्रोत्साहन गरिनेछ।
- विद्यार्थीमा लुकेका प्रतिभाको पहिचान गरी उनीहरूको क्षमता विकासका लागि आवश्यक अवसर र सहयोग उपलब्ध गराइनेछ।
६. आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि विशेष सहयोग
- गरिब तथा विपन्न परिवारका प्रतिभाशाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिनेछ।
- दलित, सीमान्तकृत तथा आर्थिक रूपमा पछाडि परेका परिवारका बालबालिकालाई लक्षित गरी निःशुल्क कापी, शैक्षिक सामग्री तथा आवश्यक Learning Package उपलब्ध गराइनेछ।
- आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थीले विद्यालय छोड्नुपर्ने अवस्था आउन नदिने नीति अवलम्बन गरिनेछ।
- “पैसाको अभावले होइन, अवसरको अभावले पनि कुनै बालबालिकाको भविष्य नरोकिने” वातावरण निर्माण गरिनेछ।
🎯 हाम्रो लक्ष्य
हरेक वडा–गुणस्तरीय विद्यालय,
हरेक विद्यालय–प्रविधिमैत्री वातावरण,
हरेक विद्यार्थी–सीप र आत्मविश्वास,
हरेक प्रतिभा–अवसर र प्रोत्साहन।
चन्द्रकोट गाउँपालिकाका बालबालिकालाई शिक्षित, सीपयुक्त, आत्मविश्वासी, सिर्जनशील र सक्षम नागरिकका रूपमा विकास गर्दै चन्द्रकोटलाई गुणस्तरीय सार्वजनिक शिक्षाको नमुना गाउँपालिका बनाइनेछ।
“आजको शिक्षामा लगानी, भोलिको समृद्ध चन्द्रकोटको आधार।”